FLASH NEWS
  • Loading...

बेनिघाट रोराङमा चिया खेती प्रवर्द्धन कार्यक्रम निरन्तर : हुर्किँदैछन् पाँच हजार चियाका बिरुवाहरु

  • बागमती दैनिक
  • ३ महिना अघि
  • २३१ पटक पढिएको
बेनिघाट रोराङमा चिया खेती प्रवर्द्धन कार्यक्रम निरन्तर : हुर्किँदैछन् पाँच हजार चियाका बिरुवाहरु

गजुरी । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको ब्रोम्दिङ र थामभन्ज्याङमा रोपिएका पाँच हजार चियाका बिरुवा हुर्किरहेका छन् ।
बेनीघाट रोराङ गाउँपालिकाले एक वडा एक कृषि उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य लिएसँगै अगाडी बढेको यो अभियानमा पाँच हजार चियाका बिरुवा रोपिएका हुन् । गाउँपालिकाको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा “एक वडा एक विशेष उत्पादन” नीति बनाउँदै लगीने उल्लेख छ । सोहि अभियान अन्तर्गत बेनीघाट रोराङ–१ स्थित ब्रोम्दिङ र थामभन्ज्याङमा पाँच हजार बोट चियाको बिरुवा रोपिएका हुन् ।

वडामा चिया खेतीको प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप अघिल्लो आर्थिक वर्ष २०७९र८० र चालु आर्थिक वर्ष २०८०र८१ मा गरी पाँच हजार बिरुवा रोपिएका हुन् ।
चालु आर्थिक बर्ष २०८०र८१ मा तीन लाख रुपैयाँको लागतमा थप दुई हजार बिरुवा रोपिएका थिए । दुई हजार बिरुवामध्ये ब्रोम्दिङ र थमभन्ज्याङमा ६र६ सय बिरुवा रापिएका थिए । आठ सय बिरुवा पुरानो बिरुवा मरेको ठाउँमा रोपिएको चिया प्रवर्द्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए ।

गाउँपालिकाले चिया खेती प्रवर्द्धन कार्यक्रमलाई अहिलेपनि निरन्तरता दिईरहेको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा “पालिका क्षेत्रमा नगदे बालीका रूपमा चिया, अम्रिसो, अदुवा, बेसार आदिको उत्पादन र बजार प्रवर्द्धन गर्ने नीति लिइने” गाउँपालिकाले उल्लेख गरेको छ । जस अनुसार वडा नम्बर १ मा चिया प्रवर्द्धनको कार्यक्रमलाई निरन्तरता दिन पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

न्यानो समशीतोष्ण हावापानी पाइने यस क्षेत्रमा चिया खेतीको प्रबल सम्भावना रहेको छ । गाउँपालिकाले यस क्षेत्रका नाङ्गा डाँडाहरूमा चिया खेती प्रवर्द्धन गर्ने र स्थानीय समुदायको आयआर्जन बढाउने नीति लिएको छ । यससँगै पर्यटनको अथाह सम्भावना रहेको यस क्षेत्रमा चिया खेतीले पर्यटनको प्रवर्द्धनमा पनि टेवा पुग्ने गाउँपालिका अध्यक्ष बिवेक थपलियाले जानकारी दिनुभयो । स्थानिय समुदायलाई चिया खेतीको उद्देश्य, यसले पछि दिने लाभ, यसको संरक्षणको दायित्व लगायत विषयमा जनचेतना अभिवृद्धि गराउनु आवश्यक रहेको उहाँको भनाई छ ।

धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकाको अधिकांश भूभाग महाभारत पर्वत क्षेत्रमा पर्दछ । महाभारत पर्वत शृङ्खलामै पर्ने वडा नम्बर १ को ब्रोम्दिङ र थमभन्ज्याङ समुन्द्री सतहबाट एक हजार सात सयदेखि दुई हजार तीन सय साठी मिटरसम्म फैलिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%