FLASH NEWS
  • Loading...

संबिधान तथा शिक्षा दिवस बेनिघाट रोराङमा भब्य रुपमा मनाईयो

  • बागमती दैनिक
  • ३ महिना अघि
  • १९४ पटक पढिएको
संबिधान तथा शिक्षा दिवस बेनिघाट रोराङमा भब्य रुपमा मनाईयो

मलेखु । धादिङ बेनिघाट रोराङ गाउँपालिकामा संबिधान दिवस तथा शिक्षा दिवस भब्य रुपमा मनाईएको छ ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावकहरुलाई दोसल्ला, प्रमाण पत्र तथा अबिर लगाएर सम्मान गरिएको थियो । बर्षभरि भएका बिबिध कार्यक्रमहरुको बिजेता तथा उत्कष्ट हुन सफल ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा १० वटै वडाका कक्षागत विषयगत क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक विद्यार्थी अभिभावक र एसईई नतिजामा उत्कृष्ट ल्याउन सफल सामूदायिक तथा संस्थागत विद्यालय, गाउँपालिकाका उत्कृष्ट कर्मचारी तथा गाउँपालिकाबाट सञ्चालित विभिन्न कार्यक्रममा सहभागी प्रतिष्पर्धी व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिएको हो ।

शिक्षामा सुधार प्रगतीको आधार भन्ने मुल नारा र ‘‘ज्ञान विज्ञान सीप, उद्यम मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’’ भन्ने उद्धेश्यका साथ वेनीघाट रोराङ गाउँपालिकाले देशभरकै स्थानीय तहमध्ये नमुना शैक्षिक सुधारका आयामहरु बिकास गर्दै समुन्नत समाज र निःशुल्क तथा पहुँचयुक्त शिक्षा प्रदान गर्दै आएको छ ।

 

कार्यक्रममा शिक्षा समन्वय ईकाईका प्रमुख कृष्ण कुमार श्रेष्ठले बेनिघाट रोराङ गाउँपालिका शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा अब्बल पालिकाको रुपमा स्थापित भएको बताउनुभयो । बेनिघाट रोराङमा अध्यक्ष बिवेक थपलियाको काम, कर्तब्य र जनताप्रतिको बफादारका बारेमा खुलेर प्रसंसा गर्नुभएको थियो । उहाँले बेनिघाट रोराङ गाउँपालिका देशभरबाट उत्कृष्ट भएको भन्दै यो पालिकामा शिक्षा क्षेत्र अझ बढी शशक्त रहेको बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रमा निकै ठुलो प्राथमिकता दिएको भन्दै शिक्षा नै जिवनको ज्योति भएको भन्दै सबै शिक्षक तथा बिद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत नर्मदा घिमिरेले शिक्षा क्षेत्रमा बेनिघाट रोराङ गाउँपाकिलाले निकै ठुलो लगानी गरेको बताउनुभएको छ । शिक्षा दिवस तथा संबिधान दिवसलाई भब्य रुपमा मनाउन कार्यक्रम एकैदिन राखिएको छ यो कार्यक्रम बेनिघाट रोराङका शिक्षक, बिद्यार्थी तथा कर्मचारीको सम्मानको कार्यक्रम भएको बताउनुभएको थियो । बेनिघाट रोराङ गाउँपालिका शिक्षामा मात्र नभई जनताहरुको आधारभूत आबश्यकताहरु माथी निकै बफादारी रहेको भन्दै बेनिघाट रोराङलाई अझ बढी कसिलो बनाउन जनता सबै मिल्नुपर्नेमा जोड दिनुभएको थियो । बेनिघाट रोराङ गाउँपाकिलाले शिक्षा क्षेत्रमा गरेको लगानीले अबका दिनमा अझ बढी राम्रा नतिजा आउनेमा आशावादी रहेको पनि उद्घोष गर्नुभएको थियो ।

कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले शिक्षा दिवस तथा संबिधान दिवसका दिनमा गरिएको यो भब्य कार्यक्रम निकै उत्कृष्ट भएको बताउनुभयो । नेपालको संबिधान जारी भएको यस सुखद् घडीमा बेनिघाट रोराङ गाउँपालिकाले सम्मान कार्यक्रम गरिएको बताउनुभयो । गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको मेहनत, लगानीले सबै बिद्यार्थी तथा शिक्षकहरु उत्कृष्ट हुनुभएको बताउनुभयो । करिव ३ सय शिक्षक तथा बिद्यार्थीहरुको सम्मान गरिनु निकै ठुलो उपलब्धि रहेको बताउँदै संबिधान दिवसका अबसरमा शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षा नै मानिसको सबैभन्दा ठुलो आँखा भएको भन्दै यसलाई उच्च सम्मानका साथ अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको यस्ता कार्यक्रममले बिद्यार्थी, शिक्षकहरुमा आत्मबल निकै दरो हुने भन्दै यस्ता कार्यक्रम जरुरी रहेको बताउनुभयो । देशभरबाट बेनिघाट रोराङ गाउँपालिका उत्कृष्ट भएको स्मरण गर्दै शिक्षा क्षेत्रमा समेत पालिका हुने कुरामा जोड दिनुभयो ।

प्रमुख अतिथीका रुपमा आउनुभएका बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा संघिय सांसद राजेन्द्र प्रसाद पाण्डेले बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको शिक्षक, बिद्यार्थी सम्मान कार्यक्रम हरेक पालिकाले गर्न जरुरी रहेको बताउनुभयो । गाउँपालिकाले आयोजना गरेको शिक्षा दिवस तथा संबिधान दिवसमा आयोजना गरेको कार्यक्रम भब्य रुपमा सफल बनाउँदै शिक्षामा राष्ट्रकै निकै ठुलो लगानी रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीले दक्ष ब्यक्तिहरु उत्पादन हुनुपर्ने र देशभर स्वरोजगारको अभियान चलाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले बेनिघाट रोराङले गरेका हरेक काम उत्कृष्ट रहेको र आगामी दिनमा आफ्नो सहयोग पालिकामा सदैपव रहने समेत प्रतिबद्धता जनाउनुभएको थियो ।

संघिय सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सांसद मायादेबि शर्माको बिशेष आतिथ्यता, बेनिघाट रोराङकी प्रमुख प्रसासकिय अधिकृत नर्मदा घिमिरे, उपाध्यक्ष टाप बहादुर श्रेष्ठ तथा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया बिवेकको सभापतित्व रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%