FLASH NEWS
  • Loading...

उदयपुरको त्यो विकराल घटना : यौन सम्बन्ध राख्न नमान्दा आमा–छोराकै हत्या !

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ४४ पटक पढिएको
उदयपुरको त्यो विकराल घटना : यौन सम्बन्ध राख्न नमान्दा आमा–छोराकै हत्या !

असोज ४, उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा– छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ । वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

गत भदौ १९ गते बुधबार राति भएको आमा–छोरा हत्या प्रकरणका दोषीले यौन सम्पर्क राख्न नमान्दा विवाद भएपछि आमा छोराकै हत्या गरेको खुलेको छ भने प्रहरीले हत्या भएको करिब १५ दिनमा हत्यारा पत्ता लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो ।

‘अनुसन्धानपछि बिहीबार मात्रै उहाँहरु फर्किनु भएको हो’, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले भने । उपरीक्षक योगीका अनुसार घटना भएको राति अभियुक्त मगर महिला सुतेको स्थानमा पुगेका थिए । त्यसपछि उनीहरुबीच विवाद भएको र रिसमा अभियुक्तले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

अभियुक्तले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ । आपसी विवाद भएपछि पटक–पटक खुकुरी प्रहार गरेको र सोही क्रममा सँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ ।

 

‘प्रारम्भिक अनुसन्धान मात्रै हो आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौं’, उपरीक्षक योगीले भने, ‘घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ ।’ प्रहरीका अनुसार अभियुक्त भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए ।

कटारी अस्पत्तालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए । मृतक महिलाका श्रीमान अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए । अभियुक्त मगरका श्रीमती, एक छोरा र छोरी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित