FLASH NEWS
  • Loading...

चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ४८ पटक पढिएको
चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल

असोज ५, काठमाडौँ । चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल भएको छ ।
सरकार र यातायात व्यवसायीबीच आज भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । घटस्थापना १७ गते परेको छ ।

छलफलमा यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति पनि भएको छ । तर, भाडा समायोजन भने छठपछि मात्रै गर्ने सहमति भएको छ ।

यसका साथै यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थल तर्फ जाने गरी व्यवस्था गर्ने, यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरूको सम्बोधन गर्न विभागलाई निर्देशन दिने, यातायात व्यवस्थासँग सम्बन्धित अदालतबाट भएका आदेशरफैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयारी गरी पेस गर्ने निर्णय पनि भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित