FLASH NEWS
  • Loading...

दसैँ–तिहार सुरक्षा योजना : उपत्यकामा १२ हजार प्रहरी परिचालन गरिँदै

  • बागमती दैनिक
  • ३ महिना अघि
  • ५६ पटक पढिएको
दसैँ–तिहार सुरक्षा योजना : उपत्यकामा १२ हजार प्रहरी परिचालन गरिँदै

असोज ७, काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिँदै छ । दसैँ र तिहारमा काठमाडौँ उपत्यका छाडेर लाखौँ मानिसहरू आफ्नो पुर्ख्यौली थातथलोमा फर्किन्छन् ।

उपत्यका छाड्नेको लर्कोका कारण यात्रुको टिकटमा ठगी, खाद्यान्नमा कालोबजारी, चोरी र डकैतीका घटना हरेक वर्ष हुन्छन् । चाडपर्वमा सबैभन्दा धेरै अपराधका घटना काठमाडौँ, भक्तपुर र ललितपुरमा हुने गरेका छन् ।

चाडपर्वमा हुने आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरीले अहिले सुरक्षा योजना तयार गरिरहेका छन् । काठमाडौँ जिल्लामा मात्रै करिब ५ हजार प्रहरी परिचालन गर्ने गरी जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित