- Loading...
आजदेखि सातै प्रदेशमा वर्षा हुने, यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण
- बागमती दैनिक
- २ महिना अघि
- ४७ पटक पढिएको
असोज १०, काठमाण्डौँ । देशभर बादल लागेको छ । कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो सातै प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि आकलन गरिएको छ । तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
राति कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि आकलन महाशाखाले गरेको छ ।
शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।