FLASH NEWS
  • Loading...

जुगलको तेगागाउँमा पुरिएका सात जनाको अवस्था अझै अज्ञात

  • बागमती दैनिक
  • २ महिना अघि
  • ३१ पटक पढिएको
जुगलको तेगागाउँमा पुरिएका सात जनाको अवस्था अझै अज्ञात

|पहिरोले अवरुद्ध मालढुङ्गा–बेनी सडक पर्वत, १२ असोज : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत पर्वतको जलजला गाउँपालिका-७ केरावारीमा गएको पहिरो । शुक्रबार चार बजेदेखि अवरुद्ध बनेको यो सडक पहिरो नरोकिएका कारण अझैपनि सञ्चालनमा आउन सकेको छैन । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस

असोज १४, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परी अझै सात जना बेपत्ता छन् । तेगागाउँमा पहिरोले ३ वटा घर पुरिएका छन् । माथिल्लो तेगाबाट भूभाग भास्सिएर आएको पहिरोले ध्वस्त तुल्याएको गाँउका स्थानीयको उद्धार प्रयास भइरहेको जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिएका छन् ।

पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरुपमा क्षति भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा गरी ७ जना सम्पर्कमा छैनन् । जुगल गाँउपालिका–३ का अगुवा साइला शेर्पाले त्यहाँ हिडेर जान गाह्रो र जोखिमपूर्ण भएकाले त्यँहाको यर्थाथ विवरण नआइसकेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित