FLASH NEWS
- Loading...
बाढीपहिरामा परी दुई सय ३३ जनाको मृत्यु, २२ जना अझै बेपत्ता
- बागमती दैनिक
- २ महिना अघि
- ९४ पटक पढिएको

|पहिरोले अवरुद्ध मालढुङ्गा–बेनी सडक पर्वत, १२ असोज : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत पर्वतको जलजला गाउँपालिका-७ केरावारीमा गएको पहिरो । शुक्रबार चार बजेदेखि अवरुद्ध बनेको यो सडक पहिरो नरोकिएका कारण अझैपनि सञ्चालनमा आउन सकेको छैन । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस
असोज १७, काठमाडौँ । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस