FLASH NEWS
  • Loading...

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेट

  • बागमती दैनिक
  • २ महिना अघि
  • ४४ पटक पढिएको
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशकी मन्त्री हसनको भेट

असोज १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुई पक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित