FLASH NEWS
- Loading...
बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो
- बागमती दैनिक
- २ महिना अघि
- ५५ पटक पढिएको
|पहिरोले अवरुद्ध मालढुङ्गा–बेनी सडक पर्वत, १२ असोज : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत पर्वतको जलजला गाउँपालिका-७ केरावारीमा गएको पहिरो । शुक्रबार चार बजेदेखि अवरुद्ध बनेको यो सडक पहिरो नरोकिएका कारण अझैपनि सञ्चालनमा आउन सकेको छैन । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस
असोज १८, काठमाडौँ । हालैको बाढी–पहिरोमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार भएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
प्रतिक्रिया दिनुहोस