- Loading...
बसको अग्रिम टिकट पाउनै मुस्किल !
- बागमती दैनिक
- २ महिना अघि
- ६३ पटक पढिएको
असोज १८, काठमाडौँ । दसैंका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोंङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादसैंको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि आज १७ गते बिहानसम्म काठमाडौँबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।