FLASH NEWS
- Loading...
चाडवाडका बेला कुनै पनि विमान ‘होल्ड’ नगर्न मन्त्री पाण्डेको निर्देशन
- बागमती दैनिक
- २ महिना अघि
- ४७ पटक पढिएको
असोज १९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् । विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुईवटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु विमान परिचारक परिचारिका हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।
छलफलका कममा मन्त्री पाण्डेले चाडबाड र संकटको अवस्थामा कुनैपनि हालतमा सेवालाई नरोक्न आग्रह गरेका छन् । उनले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतलेसमेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस