FLASH NEWS
  • Loading...

परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

  • बागमती दैनिक
  • २ महिना अघि
  • ७० पटक पढिएको
परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

कार्तिक १४, काठमाडौँ । बेल्जियमका लागि राजदूतमा सिफारिस परराष्ट्र सचिव सेवा लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज बिहान परराष्ट्र सचिव लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो ।

गत भदौ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी थिइन् । उनी पहिलो महिला परराष्ट्र सचिव हुन् । उनको कार्यकाल केही महिना बाँकी थियो ।

कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित