- Loading...
‘आफ्नो काम पूरा नगरी बिश्राम लिन्न’ : राहात शिक्षक केन्द्रिय उपाध्यक्ष यादव
- बागमती दैनिक
- २ महिना अघि
- १६५९ पटक पढिएको
गजुरी । नेपाल राहात शिक्षक केन्द्रिय समितीको छैठौँ महाधिबेसनबाट केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका शिव कुमार यादवले आफ्नो काम पूरा नगरी बिश्राम नलिने बताएका छन् । लामो समयसम्म शिक्षकका हकहितका बिषयमा आवाज उठाउँदै आएको बताएका छन् । २०६३, ६४ मा शिक्षा क्षेत्रमा प्रवेशगरि पेषागत सुरक्षाका लागी आन्दोलनमा समेत ठूलो भुमिका रहेको थियो । धादिङ गोरखा लगायतका जिल्लामा शिक्षकको पेषागत माग मुद्धा, क्ष्मता अभिबृद्धि लगायतका कार्यक्रममा उल्लेखनिय भूमिका रहेको बताएका छन् ।
नेपाल रहात शिक्षक केन्द्रिय समितीको छैटौँ महाधिबेसनले अध्यक्ष द्धय नविन सिँह धामी र बिरेन्द्र मल्ल,बरिष्ट सहअध्यक्ष कृष्ण बिष्ट, बिनोद पासवान र भिम बहादुर सिँह र शिव कुमार यादवलाई जिम्मेवारी दिईएको छ । पेशागत सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको एजेण्डा नछोड्नेगरि ३५ पदाधिकारीसहित १ सय ५१ सदस्यीय कार्य समिती चयन गर्दै सम्पन्न भएको हो ।
एजेण्डाका हिसावले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई नछोड्ने र सम्पूर्ण राहात शिक्षकको अधिकतम हितकारी एजेण्डा तयसँगै अगाडी बढ्ने र अन्य उत्तम विकल्प भेटिए त्यसमा पनि जान सकिने सहमती भएको छ ।