FLASH NEWS
- Loading...
टिपर दुर्घटनामा अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत दुई भारतीय मजदुरको मृत्यु
- बागमती दैनिक
- १ महिना अघि
- ४८ पटक पढिएको
कार्तिक १५, काठमाण्डौँ । टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत दुई भारतीय मजदुरको मृत्यु भएको छ । दुर्घटना अरु दुई भारतीय मजदुर घाइते भएका छन् । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार राति दुर्घटनामा परेको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
अरुण तेस्रो जलविद्युत् परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए ।
टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक मोहमद रहेको डीएसपी बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस