FLASH NEWS
  • Loading...

गल्छीको किराञ्चोक रणकालिका मन्दिरमा आज धार्मिक मेला लाग्दै

  • बागमती दैनिक
  • १ महिना अघि
  • ९९ पटक पढिएको
गल्छीको किराञ्चोक रणकालिका मन्दिरमा आज धार्मिक मेला लाग्दै

गजुरी । धादिङ गल्छी गाउँपालिका ४ मा अबस्थित किराञ्चोक रणकालिका मन्दिरमा संस्कृति प्रवर्द्धन गर्नका लागि धार्मिक मेला लाग्दै छ । धार्मिक दृष्टिकोणबाट ऐतिहासिक महत्व बोकेको यस मन्दिरको प्रचार प्रसारको लागि आज बेलुका बृहत मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।

२५ वर्षअघिसम्म किराञ्चोक, पीडा, बैरनीका स्थानीयले सो मन्दिरमा नियमित रुपमा हरेक घरबाट बत्ती बाल्ने, भाकल बत्ती र फूलको डोली ल्याइथ्यो । पछिल्लो समय यो चलन हराउँदै गएकाले पुर्नजागरण गर्न जात्रा आयोजना गरिएको मन्दिर संरक्षण समितिका अध्यक्ष शंकर भण्डारीले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%