FLASH NEWS
  • Loading...

क्षतिग्रस्त बिपी राजमार्ग रात्रिकालिन समयमा बन्द

  • बागमती दैनिक
  • ४ हप्ता अघि
  • ३८ पटक पढिएको
क्षतिग्रस्त बिपी राजमार्ग रात्रिकालिन समयमा बन्द

मंसिर ६, काठमाडौँ । सरकारले क्षतिग्रस्त बिपी राजमार्ग रात्रिकालिन समयमा बन्द गरेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार राति नौ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि उक्त सडक सञ्चालनमा रोक लगाएको हो । राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदैै राति सात घण्टा बन्द गराइएको हो ।

राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा भ्याकुरे खोलादेखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित