FLASH NEWS
  • Loading...

सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

  • बागमती दैनिक
  • १ महिना अघि
  • ३८ पटक पढिएको
सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

मंसिर ११, काठमाडौँ । सातौँ सामाजिक सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०७५ सालदेखि हरेक वर्ष मङ्सिर ११ गते यो दिवस मनाइँदै आएको छ । २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा योजनालाई विस्तार गर्दै सरकारले औपचारिक रूपमै सामाजिक सुरक्षा दिवस मनाउन थालेको हो ।

दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोषले जनाएको छ । कोषले आजको कार्यक्रममा टिकटक प्रतियोगिताका विजेता घोषणा र पुरस्कार वितरण गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । जसमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित