FLASH NEWS
  • Loading...

अब दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने सरकारको तयारी

  • बागमती दैनिक
  • ३ हप्ता अघि
  • ३१ पटक पढिएको
अब दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने सरकारको तयारी

मंसिर ११, काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा दिँदै आएको दिवा खाजा कार्यक्रमलाई कक्षा ६ सम्म विस्तार गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी नयाँ बजेटमार्फत २०८२ बाट कक्षा ६ सम्म दिवा खाजा विस्तार गर्ने जनाएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले यसका लागि छलफल भइरहेको जानकारी दिए । सरकारले शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्न दिवा खाजा कार्यक्रम ल्याएको हो । कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने पनि यो कार्यक्रमको उद्देश्य छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित