FLASH NEWS
  • Loading...

‘अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गरिनुपर्छ’ : राष्ट्रपति पौडेल

  • बागमती दैनिक
  • २ हप्ता अघि
  • ४१ पटक पढिएको
‘अपाङ्गताका आधारमा गरिने विभेदलाई निषेध गरिनुपर्छ’ : राष्ट्रपति पौडेल

मंसिर १८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताएका छन् । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्नुपर्नेसमेत बताए ।

अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु संविधानको मर्म भएको उनले उल्लेख गरे । राष्ट्रपति पौडेलले भने, “शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै अवसरमा समान पहुँच स्थापित गर्न आवश्यक छ ।” राष्ट्रपति पौडेलले अपाङ्गता भएका व्यक्तिलाई सरकारी कार्यालय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, निजी संरचना अपाङ्गतामैत्री निर्माण गरी आवतजावतमा सुविधा पुर्‍याउनुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित