- Loading...
बेनिघाट रोराङले मनायो प्रथम गाउँपालिका स्वास्थ्य दिवस
- बागमती दैनिक
- १ हप्ता अघि
- ७७ पटक पढिएको
गजुरी । धादिङ बेनिघाट रोराङ गाउँपालिकामा २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस भब्य रुपमा मनाईएको छ । बागमति प्रदेशका पुर्व मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता, बेनिघाट रोराङ गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत नर्वदा घिमिरे, उपप्रमुख टाप बहादुर श्रेष्ठको विशेष आतिथ्यता, वडा अध्यक्ष, तथा पालिका अध्यक्ष विवेक थपलियाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
बेनिघाट रोराङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा निकै प्रचावकारि काम गर्दै आईरहेको छ । बिशेषगरि चेपाङ बाहुल्यता रहेको यश पालिकामा साना बच्चाहरुलाई कुपोषणा हुन नदिन पोषण सुधारका कार्यक्रमसँगै पालिकाकै नेतृत्वमा रहेर बिबिध कार्यक्रमहरु गर्दै आईरहेको छ । पोषण सुधारका लागि भईरहेका कार्यक्रमको समीक्षा, पोषणा सुधार केन्द्रमा उत्कृष्ट भएका बालबालिकाहरुलाई सम्मान तथा स्वयम् सेविकाहरुलाई सम्मान गरि भब्य रुपमा मनाईएको छ ।
आजको कार्यक्रममा हाम्रो शरिरलाई स्वस्थ राख्न खानुपर्ने बिबिध खानेकुराहरुको शुचि नै राखिएको थियो ।
कार्यममा बेनिघाट रोराङ गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत नर्वदा घिमिरेले बेनिघाट रोराङ गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा गरेको काम निकै प्रभावकारि भएको उल्लेख गर्नुभयो । चेपाङ, तामाङ तथा अन्य जातिमा पनि कुपोषणको अबस्था आएको छ भने बेनिघाटमा यो सुविधा खुल्ला रहेको बताउनुभयो । बेनिघाट रोराङ गाउँपालिकाले सुरु गरेको यश अभियानमा सबैको साथ र सहयोग आबश्यक रहेको र पालिकालाई कुपोषण तथा बालबिबाह शून्य बनाउन छिट्टै सफल हुनेमा आशावादि रहेको उद्घोष गर्नुभयो ।
बिशेष अतिथीका रुपमा रहनुभएका गाउँपालिका उपप्रमुख टाप बहादुर श्रेष्ठले यो दिवसमा धेरै जना स्वयम्सेविकाहरु सम्मानीत गर्न पाउँदा निकै खुसि लागेको बताउनुभयो । हरेक बालबालिकाहरुको अधिकारलाई सुनिश्चित गर्दै बेनिघाट रोराङ गाउँपालिकाले गरेको यस स्वास्थ्य क्षेत्रको अभियानमा खुलेर साथ दिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्वास्थ्य क्षेत्रमा बेनिघाट रोराङ गाउँपालिकाले गरेको यश कार्यक्रम निकै उत्कृष्ट रहेको बताउनुभयो । धादिङका हरेक गाउँपालिकाले यस्ता कार्यक्रम गर्न आबश्यक रहेको बताउनुभयो । बेनिघाट रोराङ गाउँपालिकाले शुन्य बेरुजु तथा लिजामा प्रथम स्थान बनाएर गौरव बढाएको उल्लेख गर्नुभयो । बेनिघाट रोराङ गाउँपालिका अझ धेरै कुराले भरिपूर्ण बन्दै सबै पक्षबाट देशभरमा नमुना बन्न सफलताको शुभकामना समेत दिनुभयो ।
आज २१औँ राष्ट्रिय महिला सामुदाियक स्वास्थ्य स्वयम्सेविका दिवस देशभरी नै भब्य रुपमा बिबिध कार्यक्रमका साथ मनाईएको छ ।