FLASH NEWS
- Loading...
आज मोक्षदा एकादशी, गीता जयन्ती मनाइँदै
- बागमती दैनिक
- १ हप्ता अघि
- ३२ पटक पढिएको
मंसिर २६, काठमाडौँ । मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी । सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन ।
महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका थिए । हजुरबुबा, काका, भाइलगायत बन्धुका साथै गुरुहरूसँग लडाइँ गर्न अर्जुन तयार नभएपछि भगवान् कृष्णले उपदेश दिएका थिए। यसैलाई गीताज्ञान भनिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।
महाभारत ग्रन्थअन्तर्गत भीष्मपर्वमा १८ अध्यायको गीता समावेश छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ । गीताजयन्तीका अवसरमा विश्व हिन्दु महासंघलगायत धार्मिक संघसंस्थाले कार्यक्रम गर्दैछन् । गीतापाठ र यसको महिमाबारे चर्चा लगायत कार्यक्रम गरी यो दिवस मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस