FLASH NEWS
- Loading...
नौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्द रहने
- बागमती दैनिक
- ५ घण्टा अघि
- ३९ पटक पढिएको
पौष ५, काठमाण्डौँ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन खण्ड पुस ७ देखि १३ सम्म आंशिक बन्द हुने भएको छ । नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाले बताएका छन् ।
बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारीसाधन आंशिक रूपमा रोकी निर्माण कार्य गरिने नागढुंगा–मुग्लिङ सडक योजना ९पूर्वी र पश्चिम खण्ड० तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले संयुक्त रूपमा जारी गरेको सूचनामा उल्लेख छ । सो अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस