FLASH NEWS
  • Loading...

जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, थप ४० करोड विगो माग

  • बागमती दैनिक
  • ५ घण्टा अघि
  • २० पटक पढिएको
जीबीसहित १९ जनाविरुद्ध मुद्दा दर्ता, थप ४० करोड विगो माग

पौष ५, काठमाण्डौँ । सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले आज पोखराको सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।

यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले जानकारी दिएका छन् । थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसँगै कुल बिगो एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।

थप अभियोग दर्ता भएका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई जीबी, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित