- Loading...
शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली
- बागमती दैनिक
- १२ घण्टा अघि
- ८ पटक पढिएको
पौष १०, काठमाण्डौँ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले देशका अधिकांश भूभागमा बादल लागेको छ ।
बुधबार बिहानसम्म बादल लाग्ने र अपराह्नदेखिको मौसम घमाइलो हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसमविद् विनोद पोखरेलले आज अपराह्नदेखि देशका अधिकांश भूभागको मौसम घमाइलो हुने बताएका छन् । सोमबार साँझबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले काठमाडौंसम्म छिटपुट वर्षा गराएको थियो । चितवनका केही भूभागमा पछिल्लो तीन घन्टामा ११.४ मिलिमिटर वर्षा भएको थियो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि हल्का वर्षा भएको थियो ।
शुक्रबारदेखि भित्रने अर्को प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा गराउने सम्भावना रहेको मौसमविद् पोखरेलले बताएका छन् । आगामी शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा हल्का वर्षाको सम्भावना रहेको उनले बताएका छन् ।