FLASH NEWS
- Loading...
मौसम पूर्वानुमान : देशमा पश्चिमी वायुको सामान्य प्रभावले आंशिक बदली, मूख्यतया सफा रहने
- बागमती दैनिक
- ३ दिन अघि
- ३४ पटक पढिएको
पौष १५, काठमाण्डौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो गण्डकी र कोशी प्रदेशका केही स्थानमा बदलीको सम्भावना रहेको छ । बाँकी स्थानको मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।
आगामी २४ घन्टाका लागि बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेको महाशाखाले बताएको छ । बिहानीको समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस