FLASH NEWS
  • Loading...

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण

  • बागमती दैनिक
  • ३ दिन अघि
  • २७ पटक पढिएको
सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण

पौष १६, काठमाडौँ । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसंघीय विश्व पर्यटन संगठन युएनडब्लुटिओको पछिल्लो छ महिनाको तथ्यांकअनुसार कोभिड १९पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित