FLASH NEWS
  • Loading...

‘सरकारले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गरिरहेको छ’ : कृषिमन्त्री अधिकारी

  • बागमती दैनिक
  • ३ दिन अघि
  • ३५ पटक पढिएको
‘सरकारले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी काम गरिरहेको छ’ : कृषिमन्त्री अधिकारी

पौष १६, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको बीउमा आत्मनिर्भर हुनेगरी सरकारले काम अघि बढाएको बताएका छन् ।
राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले काठमाडौंमा आयोजना गरेको च्याउ महोत्सवमा कृषिमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

कृषिमन्त्री अधिकारीले काभ्रेको खोपासीमा च्याउ स्रोत केन्द्रको स्थापनाका लागि डिपिआर सम्पन्न भइ कार्य अघि बढिसकेको बताए । उनले उक्त केन्द्रको निर्माण पश्चात नेपाल गुणस्तरीय च्याउको बीउ निर्माणमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरे ।

कृषिमन्त्री अधिकारीले च्याउ खेतिबाट किसानको आयआर्जन बढाउन, पोषणयुक्त खाद्यपदार्थको उपलब्धता बढाउन र निर्यातको सम्भावना बढाउन समेत टेवा पुग्ने बताए । उनले च्याउको गुणस्तरीय बीउको समस्याको कारण उत्पादक र उत्पादकत्व कम भएको उल्लेख गर्दै स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ सबैको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित