FLASH NEWS
- Loading...
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी माघ २ गते गरिने
- बागमती दैनिक
- ३ दिन अघि
- ३० पटक पढिएको
पौष १७, काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी माघ २ गते गरिने भएको छ । पुस भित्रै खन्ने काम अन्तिम हुने भए पनि केही मिटर बाँकी राखेर माघमा ‘ब्रेक थ्रु’ गर्न लागिएको हो ।
सुरुङको बीचबीचमा आपतकालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिने छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । तीनवटै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको छ । तीनवटा क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४१ मिटर छ । मुख्य सुरुङको लम्बाइ भने १ हजार १ सय २६ मिटर हो ।
प्रतिक्रिया दिनुहोस