FLASH NEWS
- Loading...
मौसम पूर्वानुमान : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु तथा केही स्थानमा हिमपात
- बागमती दैनिक
- २० घण्टा अघि
- २९ पटक पढिएको
पौष २४, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका केही स्थानहरूमा हुस्सु कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस