FLASH NEWS
  • Loading...

सरकारले गर्यो सन् २०२४ मा १४७ चिनियाँसहित ४९४ विदेशी नागरिकलाई निष्कासन

  • बागमती दैनिक
  • १२ घण्टा अघि
  • १६ पटक पढिएको
सरकारले गर्यो सन् २०२४ मा १४७ चिनियाँसहित ४९४ विदेशी नागरिकलाई निष्कासन

पौष २५, काठमाडौँ । सरकारले सन् २०२४ मा १४७ चिनियाँसहित ४९४ विदेशी नागरिकलाई निष्कासन गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले जबरजस्ती करणी, अभद्र व्यवहार, बालयौन दुराचार, जाली राहदानी, जाली भिसा,ओभरस्टेलगायत कसूरमा उनीहरूलाई निष्कासन गरेको हो ।

निष्कासित हुनेहरूमा भिसाको म्याद गुज्रिएका ओभर स्टेहरू बढी छन् । प्राप्त तथ्यांकअनुसार भिसाको म्याद गुज्रिएकाहरू मात्रै ४४९ जना छन् । बाँकी ४५ जना विभिन्न कसूरमा निकालिएका हुन् ।

गृह मन्त्रालयले १४७ जना चिनियाँ नागरिकहरूलाई निकाल्दा ६ जना गम्भीर प्रकृतिका अपराधमा मुछिएको पाइएको छ। उनीहरूमाथि जबरजस्ती करणीदेखि बालयौन दुराचारसम्मको आरोप लागेको गृहको भनाइ छ । ६ जनामध्ये २ जना सार्वजनिक सम्पत्तिविरुद्धको कसूरमा निकालिए भने बाँकी ४ जना जबरजस्तीकरणी, बालयौन दुराचार, अभद्र व्यवहार र बैंकिङ कसूरमा निष्कासित गरिएको थियो। १४१ जना भने ओभर स्टेमा निष्कासित परेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित