FLASH NEWS
  • Loading...

बेनिघाट रोराङमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

  • बागमती दैनिक
  • १ महिना अघि
  • १५१ पटक पढिएको
बेनिघाट रोराङमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

गजुरी । धादिङ बेनिघाट रोराङ गाउँपालिकामा माबि स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ समापन भएको छ । बेनिघाट रोराङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा चन्द्रोदय माबि बिशालटारमा प्रतियोगीताको समापन गरिएको हो ।

६ दिन आयोजनाभएको प्रतियोगितामा दौड, भलिबल, फुटबल, हाईजम्प, लङजम्प, कबड्डी, मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसु लगायतका खेलहरु समाबेश गरिएको थियो ।
बिद्यार्थीहरुको खेल जिवनमा जस्तै उनीहरुको पढाईमा समेत अभिभावकले ध्यान दिन जरुरी रहेको प्रमुख अतिथीका रुपमा रहनुभएका साहित्यकार डा नवराज लम्सालले बताउनुभयो । बिद्यार्थीहरुको लागी अब हरेक आमा बुवाले नेतृत्व गर्दै जानुपर्नेमा उहाँको जोड थियो ।

खेलकुद मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यलाई सवल बनाउने पक्षभएकाले यसलाई माया गर्नुपर्ने धादिङ खेलकुद बिकास समिती अध्यक्ष प्रताप तामाङले बताउनुभयो । धादिङको बेनिघाटमा क्रिकेटको समेत राम्रो उदय भएकोभन्दै यसलाई अझ बढी प्राथमिकता दिनुपर्नेमा जोडदिनुभयो ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडी बनाउने उदेश्यका साथ हरेक बर्ष रनिङसिल्ड प्रयिोगीता आयोजना गर्दै आएको समापन समारोहका सभापति तथा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष बिवेक थपलियाले बताउनुभयो ।

पालिकाभित्र सामुदायिक र नीजि गरि १२ वटा विद्यालयका करीब ७ सय खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगीताका बिभिन्न बिदाका प्रतियोगीहरुले प्रमाण पत्र तथा नगद पाएका छन् । उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता गराउने योजना रहेको उहाँको भनाई थियो ।

गाउँपालिका अध्यक्ष बिवेक थपलियाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन उहाँले अनुरोध गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित