FLASH NEWS
  • Loading...

गजुरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

  • बागमती दैनिक
  • २ घण्टा अघि
  • १३ पटक पढिएको
गजुरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

धादिङ गजुरी गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । गजुरी ६ स्थित गलौदी खेल मैदानमा प्रतियोगीता समापन गरिएको हो ।
३ दिन आयोजनाभएको प्रतियोगितामा दौड, भलिबल, फुटबल, हाईजम्प, लङजम्प, कबड्डी, मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसु लगायतका खेलहरु समाबेश गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी, बिशेष अतिथीमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल, गजुरी १, २, ३, ४, ५, ६, ७, ८ का वडा अध्यक्षहरु, लगायतका ब्यक्तिहरुको सहभागीता रहेको थियो । बिद्यार्थीहरुको खेल जिवनमा जस्तै उनीहरुको पढाईमा समेत अभिभावकले ध्यान दिन जरुरी रहेको प्रमुख अतिथीका रुपमा रहनुभएका जिसस प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

खेलकुद मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यलाई सवल बनाउने पक्षभएकाले यसलाई माया गर्नुपर्ने र गजुरी गाउँपालिकाले खेलमा निकै ठूलो फट्को मार्न जरुरी रहेको पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडी बनाउने उदेश्यका साथ हरेक बर्ष रनिङसिल्ड प्रयिोगीता आयोजना गर्दै आएको पालिका उपाध्यक्ष शर्मिाला बिसुरालले बताउनुभयो ।

प्रतियोगीताका बिभिन्न बिदाका प्रतियोगीहरुले प्रमाण पत्र तथा नगद पाएका छन् । उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता गराउने योजना पालिकालको रहेको छ ।

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो । खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीलाई अनुशासित बनाउन समेत खेलकुदले सिकाउने बताउँदै खेलाडीहरूले समाज, राष्ट्रका लागि योगदान गर्न सक्ने भएकाले विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय हुन उहाँले अनुरोध समेत गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित