FLASH NEWS
  • Loading...

एनपीएल फाइनल : सुदूरपश्चिम र जनकपुर आमनेसामने हुँदै

  • बागमती दैनिक
  • ३ घण्टा अघि
  • १४ पटक पढिएको
एनपीएल फाइनल : सुदूरपश्चिम र जनकपुर आमनेसामने हुँदै

पौष ६, काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको उपाधि भिडन्त सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच शनिबार त्रिवि क्रिकेट मैदानमा हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो क्‍वालिफायरमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराएर फाइनल स्थान पक्का गरेको थियो । पहिलो प्लेअफमा सुदूरपश्चिमले जनकपुरमाथि आठ विकेट जित निकाली अन्तिम दुई स्थान सुरुमा पक्का गरेको थियो ।

यी दुईलाई सुरुदेखि नै उत्कृष्ट टिम मानिँदै आएको थियो । त्यसैले फाइनल पूर्णतः रोमाञ्चक, सनसनीपूर्ण र प्रतिस्पर्धात्मक हुने अनुमान छ । उपाधि जित्ने टिमले १ करोड १० लाख रुपैयाँ हात पार्नेछ । नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । दोस्रो हुनेको भागमा जानेछ ५१ लाख रुपैयाँ ।

सहभागी आठ फ्रेन्चाइज टोलीमध्ये सुदूरपश्चिम सबैभन्दा उत्कृष्ट लयमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ छन् भने विदेशी खेलाडीमा ब्रान्डन मक्मलेन स्कटल्यान् , सेफ अलि जेब इंग्ल्यान्ड, स्कट कुग्लेइन न्युजिल्याण्ड र रोहन मुस्तफा यूएई छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित